Paschim Express
विपिन जोशी गाजा क्षेत्रमा सकुशल

काठमाडौँ : इजरायलमा प्यालेस्टाइनी  विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका कंचनपुरका विपीन जोशी सकुशल रहेको पुष्टि भएको छ।

गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी थाइल्यान्डका नागरिकसँगै सुरक्षित रहेको पाइएको हो। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए।  इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो। ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ। अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ’ उनले भने। 

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update