Paschim Express
सुरु भयो पश्चिमएक्सप्रेस डटकम

डडेल्धुरा । पश्चिमएक्सप्रेस मल्टिमिडिया तथा रिसर्च प्रालिले न्यूज पोर्टल सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच उग्रतारा मन्दिरमा स्वस्ती बाचन गरेर पश्चिमएक्सप्रेस डटकमको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले पश्चिमएक्सप्रेस डटकमको सफलताको कामना गर्दै सञ्चार जगतमा छुट्टै किसिमको पहिचान राख्न सफल हुने विश्वास व्यक्त गरे । ‘अहिलेको अवस्थामा मिडियाको महत्व झनै बढेको छ,’ उनले भने, ‘पश्चिमएक्सप्रेसले विश्वसनियता कायम गर्दै अगाडि बढ्ने छ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सूचना प्रवाहमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै पश्चिमएक्सप्रेसले पनि त्यो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले अनलाइनको सफलताको शुभकामना दिँदै पश्चिमएक्सप्रेसले अनलाइनको प्रभाव अझै बढाउने विश्वास व्यक्त गरे ।
सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ अनलाइन न्युज पोर्टल सुरु गरिएको पश्चिमएक्सप्रेस मल्टिमिडिया तथा रिसर्च प्रालिका अध्यक्ष बरुण पनेरुले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी बल ५२ नंम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बीरेन्द्र पाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत महेश अवस्थी, निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थी, जेसिज डडेल्धुराका अध्यक्ष भोजराज अवस्थी, नेपाल प्रेस युनियन डडेल्धुराका पूर्वअध्यक्ष धनबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

अनलाइन मिडियासंगै पत्रिका र युट्युवसमेत सञ्चालन गर्ने मल्टिमिडियाको उद्येश्य रहेको बताउँदै पनेरुले बृत्तचित्र निर्माण, विज्ञापन प्रकाशन तथा उत्पादन र समयसमयमा छलफल तथा अन्र्तक्रिया सञ्चालन पनि गर्ने बताए ।

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update