Paschim Express
बुढीतोलामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

कैलाली । कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

सोमबार साँझ ४ बजेर ४० मिनेटको समयमा गोदावरीको बुढीतोलामा से १ ख १४३८ नम्बरको मिनीट्रक दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

पहाडबाट कैलालीतर्फ आउँदै गरेको मिनीट्रक आफै अनियन्त्रीत भई सडकको छेउमा पल्टिँदा नाम थर वतन खुल्न नआएकी अन्दाजी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जीवन विक, ६० वर्षीय रंग कामी, २५ वर्षीय भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय रामबहादुर रावत घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेकबहादुर सारू, ३४ वर्षीया कल्पना विकको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा खटिएका प्रहरी सहायक निरिक्षक विवेक साउँदले मिनीट्रक चालक फरार रहेको बताए।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update