Paschim Express
बैतडीमा पनि जात्राको रौनक, तीन पालिकामा आज बिदा

डडेल्धुरा । बैतडीमा जात्राको रौनक सुरु भएको छ । जिल्लाको पाटन नगरपालिका– २ स्थित महारुद्र मन्दिरमा सोमबार रातिदेखि सुरु भएको जात्रा मंगलबार जारी छ । सोही अवसरमा पाटन नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । 

यस्तै डिलासैनी गाउँपालिका– ५ स्थित कफलासैनी मन्दिरमा मंगलबार जात्रा लाग्दै छ । सोही अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । शिवनाथ गाउँपालिकाको प्रसिद्ध शिवनाथ धाममा सोमबारदेखि मेला लागेको छ । 

सोही अवसरमा शिवनाथ गाउँपालिकामा सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । यसैगरी जिल्लाको दशरथचन्द नगरपालिका – ८  स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा बुधबार जात्रा लाग्दैछ । 

सोही जात्राको अवसरमा बुधबार दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । मेलौलीमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्दैछ । यसैगरी सुर्नया गाउँपालिका–५ स्थित फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्दै छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update