Paschim Express
सुदूरपश्चिममा एक महिनामा ३७ सवारी दुर्घटना, २६ जनाको मृत्यु

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा कात्तिक महिनामा मात्रै ३७ सवारी दुर्घटनामा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार एक महिनाको अवधिमा मात्रै ३७ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् ।

सो अवधिमा सवारी दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका छन् । जसमा कैलालीका ९, डोटीका ७, कञ्चनपुरका ३, अछामका ३, डडेल्धुराका २, बझाङ र बाजुराका १र१ जना रहेका छन् ।

त्यस्तै, दुर्घटनामा २१ जना गम्भीर घाइते र ४२ जना साधारण घाइते भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रदेशमा एक महिनाको अवधिमा कैलालीमा मात्रै १८ सवारी दुर्घटना भएका छन् ।

त्यस्तै कञ्चनपुरमा ६, डडेल्धुरामा ३, डोटीमा ४, अछाम र बझाङमा २र२ र दार्चुला र बाजुरामा १र१ सवारी दुर्घटना भएका छन् । कार्तिक महिनामै सवारी साधन कारबाहीबाट झण्डै ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update