Paschim Express
बैतडीका दुई पालिकामा आज सार्वजनिक बिदा 

बैतडी । बैतडीका दुई पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकामा आज बिदा दिइएको हो ।  पुर्चौंडी नगरपालिका क्षेत्रभित्र भोलि पनि बिदा रहेको नगरपालिकाले जनाएको छ । 

जात्राको अवसरमा दुबै स्थानीय तहहरुले बिदा दिएका हुन् । दशरथचन्द नगरपालिकाले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको हो । आज नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकायहरुमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

यस्तै पुर्चौंडी नगरपालिकाले राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलाखाना जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको हो । आज र भोलि नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update