Paschim Express
विपिन जोशी रिहा हुने अपेक्षा 

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ ।

युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यस्तै इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने छ ।

इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ । तर इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको बताइन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update