Paschim Express
परशुरामका योजना अधिकृत जोशीले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका योजना अधिकृत कृष्णदेव जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

जिम्मेवारी पाएपछि बुधबार उनलाई नगरप्रमुख भरत वडायरले बधाई ज्ञापन गरेका छन् । परशुराममा कोही पनि आउन नमानेपछि जोशीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको बताइन्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update