Paschim Express
डडेल्धुराको गन्यापधुरामा भोलि 'बडाल जाँत',  दिइयो स्थानीय बिदा

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि(शुक्रबार) स्थानीय बिदा दिएको छ । भोलि लाटागन्यापमा हुने प्रसिद्ध बडाल जाँतको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवा मेला लाग्ने परम्परा रहिआएको छ ।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।

डडेल्धुरा लगाएत प्रदेशका विभिन्न क्षेत्रबाट बडाल जाँतमा दर्शनार्थीहरु आउने गरेका छन्। ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ । मेलामा स्थानीय उत्पादनको बिक्रि समेत हुने गरेको छ । गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरु वर्ष झै यो वर्ष पनि जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update