Paschim Express
भागेश्वरमा मंसिर १० गते ‘धुरा जाँत’,  स्थानीय बिदा

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ । भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका दिन राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर धुरामा भब्य मेला लाग्ने गर्दछ ।

सोही मेलाको अवसरमा भागेश्वर गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।

उनका अनुसार मंसिर १० गते आइतवारका दिन भागेश्वर गाउँपालिका क्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहका सवै संघसंस्थाहरु बन्द रहने छन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update