Paschim Express
किन भए डडेल्धुराका स्थानीय तहका कर्मचारी आन्दोलित ?

डडेल्धुरा । संसद्‍मा टेबल भएको संघीय निजामती ऐनले कर्मचारीहरूबीच विभेद ल्याएको भन्दै डडेल्धुराका स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनरत कर्मचारीहरूले बिहिवारदेखि चरणवद्द आन्दोलन सुरु गरेका छन्। कर्मचारीहरूले उक्त ऐन परिमार्जन गर्नुपर्ने भन्दै अमरगढी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन्।

संघ, प्रदेश तथा स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई समावेश गरिनुपर्ने, सेवा सुविधा समान गर्ने, सबै तहमा सरुवा हुनुपर्ने, प्रदेशबाट संघमा जान नपाउने प्रावधान खारेज गर्नुपर्ने, स्वास्थ्य सेवा समान हुनुपर्ने, बढुवा समान, अन्तर प्रदेश सरुवा, स्थानीय तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने, तालिममा विभेद गर्न नपाउने लगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आफ्ना मागहरुको सम्बोधन नभएकाले चरणबद्ध रुपमा आन्दोलन सुरु गरेको संघर्ष समिति डडेल्धुराका सल्लाहकार लालबहादुर साउदले बताए।

 
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update