Paschim Express
नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना, डडेल्धुराको भर्ना केन्द्रका लागि ७५ जना माग

काठमाडौँ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ ।

दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ । यस्तै डडेल्धुरामा पनि सेनाले भर्ना केन्द्र तोकेको छ । रणबम गणलाई भर्ना केन्द्र तोकिएको हो । उक्त केन्द्रका लागि ७५ जना माग गरिएको छ । 

army

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update