Paschim Express
विपिन जोशीको रिहाइमा सहयोग गर्न कतार सरकारलाई परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

विपिन जोशीको रिहाइमा सहयोग गर्न कतार सरकारलाई परराष्ट्रमन्त्री साउदको आग्रह
भेटमा मन्त्री साउदले विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरेको उनका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए ।


जवाफमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले जोशीको रिहाइका लागि यथासक्य पहल गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रसंसा समेत गरेका थिए ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् । भेटका क्रममा दुई देशको रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update