Paschim Express
गन्यापधुराका प्रमुख प्रशासकिय अधिकृत तामाङलाई नवदुर्गाको पनि जिम्मेवारी

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलिप तामाङले पाएका छन् ।

गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका तामाङले नवदुर्गामा थप जिम्मेवारी पाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा पठाएको हो ।

यस्तै एक कार्यक्रमका बीच गाउँपालिकामा तामाङको स्वागत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, उपाध्यक्ष निर्मला बोगटी लगायतका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका हुन् ।

यसअघि नवदुर्गा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकुमार चौधरी थिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update