Paschim Express
सुदूरपश्चिमलाई मधेश प्रदेशले हरायो

पोखरा । केपी ‌ओली कप टी–२० क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ । पोखरामा भएको खेलमा जितका लागि पाएको ५९ रनको लक्ष्य मधेशले २८ बलमै भेट्टायो ।

मधेशका लागि अनिल साहल २५ रन बनाए । इमरान शेख १७ र पवन सराफ १४ रनमा नट आउट रहे । यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन  बनाए भने भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए ।

मधेशका हरिशंकर शाहले ४ तथा रुपेश सिंहले ३ विकेट लिए । यो जितपछि समूहमा मधेस र नेपाल पुलिस क्लबको समान २ अंक भएको छ तर रन रेटमा पुलिस अघि छ । पहिलो खेलमा मधेशलाई हराएको पुलिसले सुदूरपश्चिमसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update