Paschim Express
डोटीमा युवक मृत भेटिए, हत्याको आशंका

डोटी।  डोटीमा एक जनाको शव फेला परेको छ । मंगलबार दिपायल सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मृत फेला परेका हुन् ।

अहिले प्रहरी घटनास्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए ।

मृतका आफन्तले समीरको हत्या भएको आशंका गरेका छन् ।  स्थानीय रोशन कोलीले सडकको नालीमा समीरको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको बताए। उनले घटनाको छानविन गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update