Paschim Express
बझाङबाट आइरहेको र डडेल्धुराबाट गइरहेको जीप ठोक्किए

डडेल्धुरा: बैतडीको अनारखोलीमा दुईवटा जीप एकआपसमा ठोकिएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा जीपहरू एकआपसमा ठोकिएका हुन् । 

बझाङदेखि धनगढी जाँदै गरेको प्रदेश–०३–०१ ०२४ च १४४० नम्बरको जीप र डडेल्धुरादेखि बैतडी जाँदै गरेको म १ ज ३४९ नम्बरको जीप अनारखोलीमा बिहीबार दिउँसो  एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्ष योगेश खत्रीले बताए। 

जीप ठोक्किँदा जीपमा सवार एकजना यात्रुलाई समान्य चोट लागेको बताइएको छ। घाइतेको पहिचान खुलेको छैन।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update