Paschim Express
प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत' सम्पन्न [फोटोफिचर]

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहीजाँत’ सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हिजो रतेडी र आज दिउसेडी मेला सम्पन्न भएको हो । 

386861458_685276493740045_7188358040596168208_n-1701169816.jpg

२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । 

398274316_6733497463428142_8760066912249912236_n-1701169924.jpg

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् ।

377125037_914228640335665_1124777137669052543_n-1701169845.jpg

received_1348393002460971-1701169170.jpegreceived_661071139539678-1701169172.jpegreceived_219811834475959-1701169170.jpegreceived_342172658415958-1701169278.jpegreceived_868112625039262-1701169277.jpegreceived_884989966241062-1701169276.jpeg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update