Paschim Express
उग्रतारा मन्दिर पुरानै शैलीमा निर्माण गर्न पहल गर्छु : मन्त्री देउवा

डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारको पहलमा उग्रतारा मन्दिरलाई पुरानै शैलीमा निर्माण काम सुरु गरिने भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले बताएका छन् ।

उग्रतारा दर्शन गर्न आएका मन्त्री देउवाले प्रदेश सरकारको पहलमा संघीय सरकारमार्फत क्रमागत योजना अन्तर्गत उग्रतारा मन्दिर पुर्न निर्माण सुरु हुन थालेको बताएका हुन् ।

भ्रमणका क्रममा भौतिक पूर्वाधार मन्त्री देउवाले उग्रतारा मन्दिरको गुरु योजना अनुसार पुनः निर्माण गरिने बताएका छन् । उग्रतारा मन्दिर दर्शन गर्न पुगेका मन्त्री देउवाले मन्दिरको व्यवस्थापनका लागि पूर्वाधारहरुको विकाससँगै मन्दिरलाई प्यागोडा शैलीमा पुर्ननिर्माण समेत गरिने बताए ।

सबैको धार्मिक आस्थासँग जोडिएको उग्रतारा मन्दिरको विकासका लागि आफू लागिपर्ने बताएका छन् । 

४ घण्टा जति मेलामा बिताएका उनले स्थानीयसँंग समग्र सुदूरपश्चिमको विकासका बारेमा पनि छलफल गरेका छन् । आफु सानो छदाँ पनि मेला घुम्न आउने गरेको बताउदै मन्त्रीले डडेल्धुराको संस्कृतिसँग जोडिएको उग्रतारा मेलालाई थप ब्यवस्थीत गरि यहाँको धार्मिक महत्त्व झल्काउने काम गरि समग्र धार्मिक विकासमा थप टेवा पुग्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मंगलबार मेला ‘देहिजात’ सम्पन्न समेत भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन हुने पूजाआजा सोमबार राति रतेडी र मंगलबार देहिजाँत भएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update