Paschim Express
उग्रतारा मन्दिर सरसफाइ अभियानमा सहभागी हुन साइकल यात्रीहरुको आह्वान

डडेल्धुरा । आज (मंगलबार) सुदूरपश्चिमकै प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दिरमा लागेको मेला 'देहिँजात' सम्पन्न भएको छ । हिजो रतेडी र आज दिउँसेडीपछि मन्दिर परिसरमा फोहोर जम्मा भएकाले साइकल यात्रीहरुले भोलि(बुधबार) सरसफाइ गरिने जनाएका छन् ।

भोलि बिहान ठिक ७ बजेदेखि सरसफाइ गरिने साइकल यात्री प्रकाश जोशीले जानकारी दिए । उक्त अभियानमा सहभागी  हुन उनीहरुले आग्रह गरेका छन् । साथै उनीहरुले आगामी दिनमा प्लाष्टिक नियन्त्रण गरेर मौलिक रुपमा 'जाँत' मनाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update