Paschim Express
सुदूरपश्चिममा कार्यरत तीन सचिवको सरुवा

धनगढी । सुदूरपश्चिममा कार्यरत तीन जना सचिवको सरुवा भएको छ । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गर्दा सुदूरपश्चिममा तीन जना सचिवको पनि सरुवा भएको हो ।

जसअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव प्रेमदत्त भट्टको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा खानेपानी मन्त्रालयमा कार्यरत सुरत कुमार बम आउन लागेका छन् ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वैकुण्ठ निधी शर्माको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा शर्माको सुरुवा भएको मन्त्रालयबाट शुशिल वैद्य आउन लागेका छन् ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको प्रदेश निती तथा योजना आयोग, बागमती प्रदेशमा सरुवा भएको छ । उनको ठाउँमा कसैलाई पनि पठाइएको छैन । यसैगरी, सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भने शिवराम पोखरेल सचिव भएर आउने भएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update