Paschim Express
लगानी सम्मेलनका लागि लोगो बनाउँदै सुदूरपश्चिम सरकार, उत्कृष्टलाई २५ हजार पुरस्कार

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको लागि लोगो तयारीमा लागेको छ । फागुन २३ र २४ गते आयोजना हुन लागेको सम्मेलनको लागि लोगो तयारी गर्न लागेको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयले लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको मंगलबार एक सूचना जारी गर्दै जानकारी दिइएको छ ।

‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ,’ सूचनामा भनिएको छ ‘प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजात सहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ ।’

प्रतियोगितामा छनौट भएको उत्कृष्ट लोगो निर्माणकर्ता व्यक्ति वा संस्थालाई २५ हजार पाँच सय ५५ रकम पुरस्कार प्रदान गरिने सचिवालयले जनाएको छ। लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, सर्तहरु छनौट प्रक्रिया तोकेको छ ।

लोगोको फाइल तस्वीर वा पीडीएफ हुनुपर्ने, लोगो कलाकृति कम्तिमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनपर्ने, लोगो शुद्ध र सफा हुनुपर्ने लगायत मार्गदर्शनमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update