Paschim Express
पूर्व प्रधानमन्त्री देउवाले मटेलामा पूरानै शैलीमा नयाँ घर बनाउँदै

डडेल्धुरा ।  नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भत्किएको जन्मघर भएको स्थानमा नयाँ घर बनाउन लागेका छन् । उनले पूरानै शैलीमा घर निर्माण गराउन लागेको देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले जानकारी दिए ।

घर निर्माणको प्रक्रिया अन्तर्गत आजदेखि नापजोखको काम सुरु भएको छ । पूर्व प्रधानमन्त्री परिवार स्वयम्को लगानी रहने उक्त घर चार कोठाको दुई तले बन्ने देउवाले बताए ।

डडेल्धुराको गन्यापधुरा गाउपालिका–१ रुवाखोला क्षेत्रको मटेला गाउँको एक घरमा देउवाको जन्म २००३ जेठ ३१ गते भएको थियो । देउवाको जन्मघर अहिले भत्किएको अवस्थामा छ।  

२०५८ वैशाख ४ गते देउवाका दाजुभाइलाई तत्कालीन विद्रोही माओवादीले घरबाट निकालेका थिए । भने, ८ गते घरमा आगजनी गरेका थिए । त्यसयता सामान्य मर्मत नगर्दा घरको भग्नावशेष मात्र बाँकी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update