Paschim Express
भातकाँडा–बडाल–रेल सडकको निर्माणको कामलाई तिब्र दिन प्रदेश भौतिक पूर्वाधार मन्त्री देउवाको निर्देशन

डडेल्धुरा : नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ जोड्ने भत्तकाडा–बडाल–रेल सडकको काम तिब्र पार्न सुदूरपश्चिम भौतिक पूवार्धार विकास मन्त्री प्रकाश देउवाले सम्बन्धित कार्यालय प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनु भएको छ । 

बुधबार भत्तकाडा–बडाल–रेल सडक खण्डको निरिक्षण गर्दै ठेक्का भएको कामलाई तिब्रता दिन निर्देशन दिनु भएको छ । ट्र्याक खोलिएको उक्त सडकम मर्मत र कालोपत्रे हुन सकेन भनि बारम्बार प्रश्न उठ्ने गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा भातकाडा बजार देखि चार किलोमिटर सडक कालोपत्रेका लागि साढे ९ करोड बराबरको ठेक्का सम्झौता भएको थियो । तर हाल सम्मपनि सडक कालोपत्रेका लागि कटिंग समेत हुन सकेको छैन । सडक-निर्माणका-लागि-निर्देशन-दिदै-मन्त्री-देउवा-डडेल्धुरा-1701261052.jpeg

बारम्बार स्थानीयले गुनासो गर्ने यस सडक खण्डको काम तिब्र पार्न मन्त्री देउवाले सडक डिभिजन कार्यालय डोटीलाई निर्देशन दिदै उहाँले दैनिक प्रगती विवरण पठाउन प्रहरीलाई समेत ताकेता गर्नु भएको छ । यही गतिमा काम भए कहिले पनि सडक कालो पुरा नहुने भन्दै उहाँले तत्काल काम सञ्चालन गर्न निर्माण कम्पनी र कार्यालयलाई निर्देशन दिनुभएको छ । 

सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख ईञ्जिनियर दिपक झाका अनुसार आर्थिक वर्ष २०७९÷०८० उक्त चार किलोमिटर देखि अगाडी साढे छ किलोमिटर सम्मको सडक खण्ड कालोपत्रेका लागि ७ करोड ३४ लाख रकम बराबरको ठेक्का भएको छ । यस्तै उक्त दुरी भन्दा अगाडी साढे छ किमि देखि साढे आठ किमि सडक खण्ड कालोपत्रेका लागि साढे पाँच करोड रकम बराबरको आर्थि वर्ष २०८०÷०८१ मा ठेक्का सम्झौता भई काम भईरहेको छ । 

सडक डिभिजन कार्यालयका पछिल्ला दुई वर्षका ठेक्का भन्दा पहिलो वर्ष २०७८ मा ठेक्का सम्झौता भएको काम समिनु पर्ने समय सम्मा सुरुवात मात्रै भएको भन्दै मन्त्री देउवाले सडक डिभिजन र निर्माण कम्पनीलाई काम तिब्र गतिमा अघि बढाउन निर्देशन दिनुभयो । सडक-निर्माणका-लागि-निर्देशन-दिदै-मन्त्री-देउवा-डडेल्धुरा1-1701261070.jpeg

पुख्र्यौली घर रहेको रुवाखोलाको मटेला गाउँको अनुगमन गर्दै मन्त्री देउवाले खानेपानी, सिचाई र बाटोघाटो निर्माणका लागि आवश्यक योजना विनियोजन गर्न जलस्रोत तथा सिचाई, खानेपानी तथा सरसफाई डिभिजन र भौतिक पूर्वाधार कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

यसै भत्तकाडा–बडाल–रेल सडकको निरिक्षण गदैं सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले कर्मचारी र ठेकेदारलाई एक दिन पनि नबिराई काम गर्न तर्फ ध्यान दिन अनुरोध गर्नु भएको छ । 
यस सडक खण्डको साढे आठ किलो मिटर भन्दा अगाडी खण्डमा करिब ९० लाख रुपियाँ लागत अनुमान भएको एउटा ठेक्का भौतिक पूर्वाधार विकास कार्यालयबाट लगाई काम सम्पन्न हुने चरणमा रहेको कार्यालय प्रमुख नवराज रावलले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update