Paschim Express
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सुरु, कहाँ-कहाँ हुन्छ कार्यक्रम ?

डडेल्धुरा ।   नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए ।

अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन् ।

गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले यो यात्रा सडक आन्दोलनको थालनी हुने बताएका थिए । त्यसैअनुसार, पार्टी पंक्ति परिचालित गर्ने एमालेको तयारी छ। त्यो केन्द्रीय कमिटी बैठक अगाडि भने एमालेले मध्यपहाडी लोकमार्ग भएर चल्ने यो यात्रालाई वार्षिक कार्यक्रमभित्र राखेको थियो ।

गत वर्ष मंसिरको आमचुनावमा अपेक्षित मत नआएपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो र त्यही मिसन ग्रासरुटकै समीक्षाका आधारमा एक वर्षे कार्यक्रम तय गरेको हो ।

पहाडी क्षेत्रबाट बसाइ सर्ने क्रम नरोकिएको र गाउँमा युवाहरुको आकर्षण नदेखिएकाले त्यसलाई रोक्न पनि यो क्याराभानबाट सहयोग पुग्ने एमालेले विश्वास लिएको छ ।

अभियानका क्रममा बास बस्ने ठाउँहरूः
मंसिर–१४:  गोठालापानी
मंसिर–१५:  अमरगढी
मंसिर–१६:  सिलगढी
मंसिर–१७:  मंगलसेन
मंसिर–१८:  दैलेख
मंसिर–१९:  सुर्खेत
मंसिर–२० :  रुकुमकोट
मंसिर–२१:  गलकोट
मंसिर–२२:  पोखरा
मंसिर–२३:  गोरखा
मंसिर–२४:  बगरकोट
मंसिर–२५:  धुलिखेल
मंसिर–२६:  मन्थली
मंसिर–२७:  दिक्तेल
मंसिर–२८:  भोजपुर
मंसिर–२९:  बसन्तपुर
मंसिर–३०:  संक्रान्तिबजार
पुस–१: फिदिम
पुस–२:  चिवाभञ्ज्याङ

सभा/भेला/भेटघाट
गोठालापानी
अमरगढी
सिलगढी
मंगलसेन
दैलेख
सुर्खेत
रिम्ना
वामीटक्सार
कुस्मा
सन्दरबजार
बट्टार
मण्डन कुन्तावेंसी
चरिकोट
हर्कपुर
भोजपुर
बसन्तपुर
फिदिम
च्याङ्थापु 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update