Paschim Express
दार्चुलामा सिँढीबाट लडेर एक वृद्धाको मृत्यु

दार्चुला। दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको शैलशिखर नगरपालिका–९ गाँजरीका ७० वर्षीय वृद्धा कलावती महरको मृत्यु भएको हो।

घरको सिँढीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले जानकारी दिए।

उनका अनुसार आफ्नै घरको सिँढी (भर्‍याङ)बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update