Paschim Express
भुकम्प र आगलागी नियन्त्रण सम्बन्धी कृतिम अभ्यास प्रदर्शन 

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कृतिम घटना अभ्यास गरिएको छ । बिहीबार बिहान ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)काे सुपर परियाेजना र सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेल्धुराको संयुक्त आयोजनामा जनचेतनामूलक कृतिम घटना अभ्यास गरिएको हो ।
स्थानीयलाई सचेत गराउनका लागि जनचेतनामूलक कृतिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पालले बताए । भूकम्प आइरहेको अवस्थामा घरभित्र रहँदा वा घर बाहिर रहँदा कसरी सुरक्षित रहनेबारेमा जनचेतनामूलक कृतिम घटना अभ्यास गरिएको थियो ।6ff9e406-2ed7-41ce-be37-db913a6c4df5-1701345510.jpg
गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पालका अनुसार घरभित्र भित्र रहँदा भूकम्प आउँदा सकभर घरभन्दा बाहिर सुरक्षित र खुल्ला ठाउँमा गएर बस्नुपर्दछ यदि घर बाहिर निस्कन सकिएन भने घरभित्र रहेको काठको टेबल, खाट, कुर्सी मुनि ओत लागेर सबैभन्दा संवेदनशील अंग टाउकोलाई बचाउनुपर्छ भन्ने सन्देश कृतिम घटना अभ्यास प्रदर्शन गरिएको रुडुक डडेल्धुराका बिस्णुराज भट्टले बताए । 64ca9949-e095-4fe0-bde5-da884f9b30a4-1701345530.jpg
ग्याँसमा आगो लाग्दा नआत्तिएर, हातबाट सिधैं, कम्बल वा बोरालाई पानीले भिजाएर ग्याँस सिलिण्डरमा लागेको आगोलाई छोपिदिएर त्यस नियन्त्रणमा कसरी ल्याउन सकिन्छ भने सिकाईएको थियो । सुपर परियाेजना मार्फत केही समय अघि देखि रुडुक डडेल्धुराले भुकम्प र अागलागी सम्बन्धी बिभिन्न कार्यक्रम गर्दै अाइरहेकाे छ । 

कृतिम घटना अभ्यासकार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय डडेल्धुराका प्रमुख महेशप्रसाद अवस्थी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार र स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update