Paschim Express
सुदूरपश्चिम समाज दक्षिण कोरियाद्वारा मानव सेवा आश्रमलाई १४ थान पलङ्ग सहयोग

धनगढीः कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रमलाई १४ थान पलङ्ग सहयोग गरिएको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख १५ हजा मूल्यका १४ थान पलङ्ग सहयोग गरेको हो।

मानव सेवा आश्रमका आश्रीतहरूका लागि पलङ्ग सहयोग गरिएको बताइएको छ। मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक आदर्श ढकालका अनुसार समाजका पूर्व अध्यक्ष सन्तोष सर्वणकार र पूर्व वरिष्ठ उपाध्यक्ष डिआर पनेरुले पलङ्ग हस्तान्तरण गरेका हुन्। सुदूरपश्चिम समाज दक्षिण कोरियाले पहिला पनि सहयोग गरेको आश्रमले बताएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update