Paschim Express
डडेल्धुरामा ओलीले भने– प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्ने अवस्थामा छ

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।

समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेल्धुरामा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरे ।

 ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ,’ उनले भने,  ‘तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’

सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गरे । चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्व सलबलाएको ओलीको टिप्पणी छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update