Paschim Express
सुन्दर अमरगढी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

डडेल्धुरा । सुन्दर अमरगढी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ ।

अमरगढी सहकारी र सुन्दरपश्चिम सहकारीको एकीकरण पश्चातको दोस्रो साधारणसभा सम्पन्न भएको अध्यक्ष तेजबहादुर ऐरले जानकारी दिए । 

उनका अनुसार साधारण सभाको अवसरमा एक वर्षको अवधीमा सहकारीबाट विभिन्न सेवा लिएका ३५ व्यक्तीहलार्इ सम्मान गरिएको छ ।

सहकारीले बिभिन्न किसिमका सेवा व्यवसायमा लगानी गरेको प्रबन्ध निर्देशक तुलाराम पनेरुले बताए । सहकारीमा एक हजार २२७ जना सदस्य रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update