Paschim Express
डडेल्धुरा–डोटी केआइसिंह राजमार्गमा किन राखियो ऐना ? 

डडेल्धुरा । डडेल्धुरादेखि डोटी जोड्ने केआइसिंह राजमार्गका विभिन्न स्थानमा ऐना राखिएको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीले ऐना राखेको हो ।

कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार स्याउलेदेखि सिलगढीसम्म सडकको १७ स्थानमा ऐना राखिएको छ । उनका अनुसार पहिलो चरणमा आवतजावत गर्ने क्रममा सवारीसाधन आएको नदेखिने अवस्थामा रहेका घुम्तीमा ऐना राखिएको छ । 

‘सडक दुर्घटना न्यूनिकरणका लागि घुम्तीमा ऐना राख्ने कार्यको असारदेखि सुरुवात गरेका छौं,’ उनले भने, ‘यो वर्ष महाकाली र सेती राजमार्गका विभिन्न स्थानमा ऐना राख्ने कार्यक्रम रहेको छ ।

’ घुम्तीमा राखिएका ऐनाबाट विपरीत दिशाबाट आइरहेका सवारीलाई देख्न सकिन्छ । विपरित अवस्थामा आएका सवारीसाधन कुन गतिमा आएको छ कुन गतिमा अर्को सवारीसाधन चलाउने सम्मको देख्न सकिने हुँदा दुर्घटना न्यूनीकरणमा अति महत्त्वपूर्ण रहेको इन्जिनियर पन्तले बताए । 

सडक विस्तार गरेर ठूलो र चौडा सडक नबञ्जुेलसम्म सडकमा रहेका ऐनाले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण काम गर्ने बताइएको छ । केआइसिंह राजमार्गमा जोखिमपूर्ण घुम्तीहरू हुँदा बर्सेनि सवारीसाधन एक–आपसमा ठोकिने तथा दुर्घटना हुँने गर्दछन् । सडकमा ऐना राखेदेखि निकै सजिलो भएको सवारी चालकहरुले जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update