Paschim Express
डडेल्धुरा अस्पतालका डा पाण्डेयले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य परामर्श दिने

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कार्यरत डाक्टर असिम पाण्डेयले घरमै गएर स्वास्थ्य परामर्श दिने भएका छन् । हप्ताको एक दिन निःशुल्क स्वास्थ्य परामर्शका लागि उनी वृद्धवृद्धाको घरघर जाने भएका हुन् ।

उनले दिने यो सुविधा अमरगढी नगरपालिकावासीले मात्रै  पाउने भएका हुन्। पहिलो चरणका लागि आगामी हप्तादेखि अमरगढी नगरपालिका क्षेत्रभित्र उनले निःशुल्क परामर्श दिने बताइएको छ ।

जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए। जाडो याममा अस्पतालसम्म पुग्न नसक्ने बुढापाका तथा सहाराबिहीनलाई टेवा पुग्ने उदेश्यले यो अभियान चालिएको डा। पाण्डेय बताउँछन् ।


सेवा लिन चाहनेले ९८४८७३७९२१ मा सम्पर्क गर्न सक्नेछन् । डा पाण्डेयको पुर्खौली घर अमरगढी नगरपालिका–२ आइत हो भने उनी हाल काठमाडौं बस्दै आएका छन् । उनले केहीदिन अघि मात्रै डडेल्धुरा अस्पतालमा मेडिकल अफिसर (आठौं)मा नाम निकालेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update