Paschim Express
भागेश्वरका उत्कृष्ट ५ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

डडेल्धुरा  डडेल्धुराको भागेश्वर गाउँपालिकाले उत्कृष्ट ५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।

मंगलबार अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा गाउँपालिकाले मनोवल बढाउन सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए। गाउँपालिकाले नगद दुई हजारसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा वडा नम्बर १ की स्वयंसेविका डम्बरु ठकुराठी, २ की कौशिला मडै ३ की लक्ष्मी खड्का, ४ कि सारदा ठकुराठी र ५ की सिता नाथ रहेका छन् । सम्मानले थप जिम्मेवारी दिएको अनुभव भएको महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका लक्ष्मी खड्काले बताइन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update