Paschim Express
प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगिता डडेल्धुरामा

डडेल्धुरा । डडेल्धुरामा ४ जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता भइरहेको छ । बिहीबार प्रदेशका चार जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जानकारी दिए ।

जोशीका अनुसार उक्त प्रतियोगीतामा डडेल्धुरासंगै दार्चुला, अछाम र डोटीका महिला टिमको सहभागिता रहेको छ । प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, अछाम र बाजुराको खेल कैलालीस्थीत तेघरी सैनिक बिद्यालयमा सञ्चालन भइरहेको जोशीले बताए । 

खेलाडीहरुको क्षमताका आधारमा वर्गिकरण गरि छनोट गर्न लागिएको प्रदेश क्रिकेट संघले जनाएको छ । डडेल्धुरा क्रिकेट संघका अध्यक्ष हरि उप्रेतीले डडेल्धुरामा हुन लागेको छनोट प्रतियोगीता बिहीबार बिहान ८ बजे अमरगढी नगरपालिका वडा नं ३ मा रहेको रामलिला मैदानमा भइरहेको बताए ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री कप महिला टी –२० राष्ट्रीय प्रतियोगीतामा सहभागिताका लागि छनोट प्रतियोगीता आयोजना गरिन लागेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update