Paschim Express
भागेश्वर गाउँपालिकाद्वारा ३२ विद्यालयका सूचना अधिकारीलाई अभिमुखीकरण

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले ३२ विद्यालयका सूचना अधिकारीलाई दुईदिने अभिमुखीकरण तालिम दिएको छ । मावि, प्रावि, आवि गरी ३२ बिद्यालयका सूचना अधिकारीहरुलाई सूचनाका हक लगायतका विषयमा तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको समापनमा बोल्दै भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले गाउँपालिकाको नीति र कार्यक्रममा भागेश्वर शैक्षिक गुणस्तर वर्षको रुपमा कार्यान्वयमा जोड दिएका थिए ।

शैक्षिक समृद्धीतर्फ बजेट कार्यान्वयमा गाउँपालिको जोड दिइरहेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update