Paschim Express
केजिष्टले गर्यो सन्तोषीटोलमा सरसफाईं 

धनगढी । धनगढी रातोपुलमा रहेको केजिष्ट होटेल म्यानेजमेन्ट इन्सिच्युटले धनगढीको सन्तोषी टोलमा सरसफाईं कार्यक्रम आयोजना गरेको छ । 

केजिष्टका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले मुख्य सडकदेखि सन्तोषी टोल रोडसम्म सरसफाई गरेका थिए । केजिष्टले सफा र प्लास्टिक मुक्त धनगढीको नारासहित सरसफाई कार्यक्रम आयोजना गरेको हो । 

सामाजिक उत्तरदायित्व अन्तर्गत केजिष्टले उक्त कार्यक्रम आयोजना गरेको एकेडेमिक हेड सन्दीप पाण्डेले जानकारी दिए । 

विगत १२ वर्षदेखि केजिष्टले धनगढीमा होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । सुदूरपश्चिममै हस्पिटालिटी क्षेत्रको अग्रिणी संस्थाका रुपमा रहेको केजिष्टका विद्यार्थीहरु हाल मलेसिया, दुबईं, जोर्डन, कुवेत, भारत र नेपालका स्टार होटलहरुमा रोजगारीमा कार्यरत छन् । 

केजिष्टमा मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा विदेश जान चाहने र नेपालमै स्वरोजगार बन्न चाहनेका लागि डिप्लोमा कोर्षहरु सञ्चालनमा छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update