Paschim Express
बाजुरामा भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकामा भीरबाट खसेको ढुङ्गा लागेर एक महिलाको बिहीबार मृत्यु भएको छ ।  

मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेकी छन् । बिहीबार  गाउँनजिकै रहेको  देउपानी मेलामा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नम्बर ३ का वडाअध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन् । 

घाँस काट्दै गरेको बेला एक्कासी भीरबाट ढुंगा खसेर टाउकोमा चोल लागेपछि विष्ट घाइते भएकी थिइन् ।  घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको वडाध्यक्ष रोकायाले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update