डडेल्धुरा । प्रतिभा धामी, परशुराम–४ मा रहेको भागेश्वर मावि कटालमा कक्षा १० को ‘बाली विज्ञान’ विषयकी विद्यार्थी हुन् । यो विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत बाली विज्ञान विषय पढाउँदै आएको छ ।
पढाइसँगै उनी विद्यालयको खेतमा काम गर्छिन् । किसानकी छोरी उनले गाउँमा पनि खेतीको काम गरेकी थिइन् । ‘गाउँमा बाली तयार हुन धेरै महिना लाग्थ्यो,’ उनी भन्छिन्, ‘तरकारी पनि वर्षमा एकपटक मात्रै उब्जिन्थ्यो । तर यहाँ आएपछि धेरै फेरिएको छ ।’
धामी जस्तै उक्त विद्यालयमा प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीको अहिले अनुभव फेरिएको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्र्तगत विद्यालयमा पूmल, तरकारी, केरा, धान लगाएर उनीहरु राम्रो आम्दानी गरिरहेका छन् ।
विद्यार्थीहरु सैद्धान्तिक ज्ञानसँगै खेतबारीमा अभ्यास पनि गर्दै आधुनिक र व्यावसायिक खेतीको तरिका सिक्दै आएका छन् भने अधित्तम उत्पादन लिने तरिका थाँहा पाइरहेका छन् । ‘कृषि विषयको विद्यार्थी भएपछि ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएका छौं,’ सोही विद्यालयकी विद्यार्थी नबिना मालले भनिन् ।
उक्त विद्यालयमा ९ देखि १२ कक्षासम्म कृषि पढाइ हुने गरेको छ । विद्यालयले १८ रोपनी जमिन भाडा लिएर विद्यार्थीलाई दैनिक प्रयोगात्मक कृषि कार्य गराउँदै आइरहेको छन् । सिजन अनुसारका तरकारी, पूmलपूmल र खाद्य बाली लगाउने गरिएको छ ।
विद्यार्थीहरुले खेतीका लागि माटो तयारी, क्षेत्रफलअनुसार मल प्रयोग, बेर्ना उत्पादन, तापक्रम सन्तुलन, सिँचाइ, रोग, उपचार लगायतका तरिकाहरू सिकिरहेका छन् । विद्यालयका शिक्षक दुर्गादत्त पन्तले मौसमी तथा बेमौसमी तरकारीका साथै अन्य खेतीबाली लगाएर वार्षिक साढे दुईदेखि तीन लाख रुपैयाँ आम्दानी हुने जानकारी दिए । उनले भने, ‘यस आम्दानी भएको रकमबाट खर्च कटाएर ४० देखि ५० प्रतिशत विद्यार्थीहरुलाई नै दिने गरेका छौँ ।’
अजयमेरु गाउँपालिका वडा नम्बर १ पुइलेकमा रहेको बालकल्याण माविमा पनि बाली विज्ञान अध्यापन हुँदै आएको छ । विद्यालयका सहायक प्रधानाध्यापक भानसिंह साउँदका अनुसार नेपाल सरकारको राष्टपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै अर्थात ‘लर्न एण्ड अर्न’ कार्यक्रम विद्यालयमा सञ्चालन गरिएको छ ।
‘उक्त कार्यक्रमअन्तर्गत विद्यालयले योजना बनाउँछ भने नेपाल सरकारले १० लाख दिने गरेको छ,’ साउँदले भने, ‘सोहीअनुसार बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीले कुखुरा पालन, च्याउ उत्पादन, माछा पालन, तरकारी खेती गरिरहेका छन् । कृषि उपज उत्पादनपछि बिक्री गरेर सुरुमा लागत उठाउने र बचतको २० प्रतिशत कोष बनाउने गरिएको छ । बाँकी रकम विद्यार्थीलाई वितरण गर्ने गरिन्छ ।’
औपचारिक पढाई सकिएपछि व्यावसायिक तरकारी खेतीमा लाग्न सक्षम बनाउने गरि विद्यार्थीलाई सक्षम बनाइरहेको कृषि अध्यापन गर्ने विद्यालयहरुले जनाएका छन् । जिल्लाका चार वटा विद्यालयले यो कार्यक्रम लागू गरिएको छ ।