Paschim Express
डडेल्धुरा मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थी छनोट, भर्ना हुन आह्वान

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमित पाएसंगै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको छ ।  चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको नामावली प्रकाशन गरेपछि सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय अर्थात् डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो ।

आयोगले डडेल्धुरा मेडिकल कलेजका लागि १० जनाको कोटा निर्धारण गरेकोमा ७ जना छात्रवृत्तिमा अध्ययनका लागि छनोट गरेको छ । उनीहरुको नाम नै सार्वजनिक गरेर सुदूरपश्चिम विश्वविद्यालयमा भर्ना हुन आग्रह पनि गरिएको छ ।

 

May be an image of text that says 'Government ofNepal MEDICAL EDUCATION COMMISSION Directorate of Examination FIRST ADMISSION LIST (SCHOLARSHIP) MECEE-BL 2024 Sudurpaschim University Unlversity/Academy: Faculty Health Science BSe MLT BSe MLT Program: Subject: Dec 04Dec2023 2023 Name 2 24144636 SHUSMA SHRESTHA School Type 3 24144639 ALOK SHREE BHUSAL Category Private/Other 24144434 KALPANA SAH Open Rank Priority 15 Private/Other 92 24144512 MD HAIDAR ALI 5 Open 101 6 24144116 NABIN KHANAL Open 25 Private/Other Private/Other 120 8 Open 24144220 TULASA BHATTA 24144104 SAILENDRA TIMILSAINA 121 Government Khas 12 173 Government Female 17 229 Government 14 Pichhadiyako 321 6'

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार बाँकी तीन जना भने शुल्क तिरेर अध्ययन गर्न पाउने भएका छन् । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाएकोमा चिकित्सा शिक्षा आयोगले असोज दोस्रो साता कक्षा सञ्चालनका लागि अनुमति दिएको थियो ।  

 

डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो ।मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपिआरको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update