Paschim Express
भागेश्वर गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि बहस कार्यक्रम गर्दै, मागियो सुझाव 

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले  गुणस्तरीय शिक्षाको लागि बहस कार्यक्रम गर्ने भएको छ । यहि मंसिर २५ गते उक्त बहस हुने भएको हो । 

कार्यक्रमा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख, गाउँ शिक्षा समितिका पदाधिकारी, प्रधानाध्यापकहरु,  राजनीतिक दलका प्रमुखहरु, पूर्व शिक्षक, पत्रकार, गाउँपालिकाका पदाधिकारी, कर्मचारी र सहयोगी संस्था लुःनिभा रहने गाउँपालिकाले जनाएको छ । 

उक्त बहसका लागि आवश्यक सुझाव दिन गाउँपालिकाले आग्रह गरेको छ । सुझाव [email protected] वा गाउँपालिकाको फेसबुक पेजमार्फत दिन सकिने छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update