Paschim Express
पत्रकार मिन बमलाई पितृ शोक

धनगढी । पत्रकार मिन बमलाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बमलाई पितृ शोक परेको हो ।

पूर्व शिक्षक, लोकतान्त्रिक जनआन्दोलनका योद्धा तथा राष्ट्रिय उपभोक्ता हकहित संरक्षण मञ्च डोटीका अध्यक्ष पदमसिंह बमको सेती प्रादेशिक अस्पताल धनगढीमा असमायिक निधन भएको हो ।

उनले निस्वार्थ रुपमा प्रजातन्त्र, जनपक्षिय परिवर्तन र लोकतन्त्रका लागि योगदान गरेका थिए। मृतक बमको आज धनगढीको मोहना त्रिवेणी घाटमा दिउँसो १२ बजे अन्त्येष्टी गरिने परिवारले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update