Paschim Express
बैतडीमा दुई महिनादेखि बेपत्ता रहेकी महिलाको शव फेला 

बैतडी  । गत असोजमा बेपत्ता भएकी बैतडीको सुर्नया गाउँपालिकाकी कल्पना महराको शव भेटिएको छ ।

सुर्नया गाउँपालिका ८ घर भएकी २० वर्षीया महराको शव सोही वडाको कैलपाल सामुदायिक वनभित्र फेला परेको हो ।

असोज २५ गते घरबाट गोठालो गएकी कल्पनाको स्थानीय तथा प्रहरीले खोजी गरिरहेका थिए। कल्पना रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
 यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update