Paschim Express
डडेल्धुराका कर्णबहादुर धनगढीमा अस्ताए

डडेल्धुरा । रुखबाट लडेर घाइते भएका डडेल्धुराका एकजनाको धनगढीमा मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय कर्णबहादुर साउँदको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए । उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगाइएको थियो । तर उपचारकै क्रममा उनको मृत्युु भएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update