Paschim Express
प्रधानमन्त्री कप क्रिकेट : कञ्चनपुरको विजयी सुरुआत

डडेल्धुरा । प्रधानमन्त्री कप महिला प्रदेशस्तरिय छनोट टी–२० क्रिकेट प्रतियोगितामा कञ्चनपुरले विजयी सुरुआत गरेको छ ।

नेपाल क्रीकेट संघको वार्षिक कार्यतालिकाअनुसार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा कैलालीको तेघरीमा सुरु भएको प्रधानमन्त्री कप महिला प्रदेशस्तरिय छनोट टी–२० क्रिकेट प्रतियोगितामा कञ्चनपुरले विजयी सुरुआत गरेको हो । कप्तान विन्दु रावलको उत्कृष्ट ब्याटिङ मद्दतले कैलालीलाई कञ्चनपुरले ४ विकेटले पराजित गरेको हो । 

कैलालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकोमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।  

१ सय २४ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित १७ दशमलव ४ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । कञ्चनपुरकी कप्तान विन्दु रावलले २९ बलमा सर्वाधिक ३४ रन बनाइन् । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update