Paschim Express
डडेल्धुराका ६४ विद्यार्थीका लागि मल्लले किनिदिए पोसाक

डडेल्धुरा । डडेल्धुरा घर भई हाल जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लले विद्यार्थीलाई पोसाक सहयोग गरेका छन् । 

डडेल्धुराको अजमेरु गाउँपालिका वडा नम्बर २ हाटमा रहेको समैजी प्राथमिक विद्यालयका ६४ जना विधार्थीहरुलाई मल्लले विद्यालय पोसाक सहयोग गरेका हुन् । 

७१ हजार ४ सय रुपैयाँमा मल्लले विद्यालय पोसाक खरिद गरेर विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update