Paschim Express
च्यारिटी हेल्थ फाउन्डेसनले गर्‍यो अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण

डडेल्धुरा । च्यारिटी हेल्थ फाउन्डेसन नेपालले अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष डाक्टर विद्या पन्तले नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

शव वाहन हस्तान्तरण गर्दै डाक्टर पन्तले सुदूरपश्चिमका पहाडी जिल्लामा शव वाहन नभएर समस्या भएकोले सहयोग गरिएको जानकारी दिए । `डडेल्धुरासहित अन्य पहाडी जिल्लामा पनि अमरगढी नगरपालिका शव वाहनमार्फत सेवा दिनेमा विश्वास लागेको छ,´ उनले भने, `सर्वसुलभ शुल्कमा सेवा दिनेछ भन्नेमा पनि म विश्वस्त छु ।´ २० लाख ५० हजारमा शव बाहन खरिद गरेर हस्तान्तरण गरिएको पन्तले जानकारी दिए ।403410213_735230101464880_5940503563240293933_n-1702298409.jpg

हस्तान्तरण कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले शव वाहन सहयोग गरेकोमा च्यारेटी हेल्थ फाउन्डेसन र अध्यक्ष पन्तलाई धन्यवाद दिए ।405852505_249632207931066_3679029799227862919_n-1702298434.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update