Paschim Express
डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो ।

वडा नम्बर २ का अध्यक्ष दिलबहादुर बिष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

जीपका सहचालक तारा ऐर गम्भीर घाइते भएका वडा अध्यक्ष बिष्टले बताए । उनका अनुसार घाइते हुनेमा एकजना कार्यपालिका सदस्य इन्द्रा धामी पनि छिन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update