Paschim Express
पिएम कप महिला क्रिकेट : सुदूरपश्चिमका २२ खेलाडी बन्द प्रशिक्षणमा

डडेल्धुरा : प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटका लागि २२ खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका छन्।    हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २२ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । 

बन्द प्रशिक्षणका लागि छनौट भएका खेलाडीहरूमा रितु कनौजिया, जानकी थापा, करिस्मा थापा, लक्ष्मी महर, रूबी पोद्दार, लक्ष्मी साउँद, मनिषा चौधरी, माधवी सामन्त, ईश्वरी विष्ट, स्नेहा महरा, बिन्दु रावल, रेवती धामी, राधिका पुजारा र सावित्री धामी रहेका छन्।    यस्तै गंगा खड्का, कविता जोशी, सम्झना खड्का, शोभा रोकाया, अनु खडायत,निशा कडायत, आशिका महरा र रबिना साउँद पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन्।

बन्द प्रशिक्षण आइतबारदेखि महेन्द्रनगरस्थित होली फेमली स्कुलको खेलमैदान शुरू भएको हो ।  प्रशिक्षक खेमराज भट्ट,जानकी भट्टलगायतल बन्द प्रशिक्षणमा सहभागी रहनुभएका छन्।

दुईदिनसम्म सञ्चालन हुने बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट प्रदेशको अन्तिम टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बताए । उक्त टोलीले पुस ५ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update