Paschim Express
प्रधानमन्त्री कप महिला क्रिकेटका लागि सुदूरपश्चिमको टिम घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेशले रितु कनौजियाको कप्तानीमा प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता खेल्ने भएको छ ।सुदूरपश्चिममा विन्दु रावल उपकप्तान छिन् ।

यस्तै कविता जैशी, सम्झना खड्का, शोभा रोकाय, अनु खडायत, सावित्रा धामी, लक्ष्मी साउद, मनिषा चौधरी पनि टोलीमा छन् । राधिका पुजारा, रेवती धामी, जानकी थापा, रुबी पोदार टिममा छन् ।

यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम ९एपीएफ० गरि ८ टिमले सहभागिता जनाउने छन् ।

पहिलो पटक राउन्ड रोबिन प्रणालीमा हुन लागेको प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । प्रतियोगिताका शीर्ष ४ टिमले प्लेअफ खेल्नेछन् ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update