Paschim Express
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा कृही तयारी भएको छैन । प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन ।

प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन ।

सरकारबाट हालसम्म नयाँ विधेयक दर्ता हुन नआएको भन्दै उनले बैठक पनि निश्चित भई नसकेको जानकारी दिए । ‘हुन त अहिले नै अधिवेशन सुरु गराइहाल्ने बाध्यता सरकारलाई छैन । किनभने एउटा अधिवेशन सकिएको पाँच महिनासम्म बैठक नबस्दा पनि हुन्छ’ उनले भने ।

एउटा अधिवेशन सकिएको छ महिनाभित्रै भने अर्को अधिवेशन सुरु गरिहाल्नुपर्ने कानुनी प्रावधान रहेको छ । कानुन निर्माणको सवालमा सरकार सुस्त देखिएकाले प्रदेश सभालाई व्यस्त बनाउनतिर सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ ।

एकवर्षे कार्यकाल व्यतीत गरिसकेको प्रदेश सरकारले नयाँ कानुन बनाउन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update